|
२०७८ बैशाख २९
काठमाडौं । म्यानचेस्टर सिटीले यो सङ्गै पाँचौँ पटक इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।
मंगलबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग पराजित हुँदा सिटीले उपाधि हासिल गरेको हो । युनाइटेड लेस्टर सिटीसँग २–१ ले पराजित भएको थियो ।
सिटीले पछिल्लो चार सिजनमा तीन प्रिमियर लिग उपाधि जितेको छ । सिटीले तीन खेल बाँकी रहँदै उपाधि जितेको हो । लिगमा ३५ खेल खेलेको सिटीको ८० अंक छ ।
दोस्रो स्थानको युनाइटेडभन्दा सिटी १० अंकले अघि छ । युनाइटेडको ७० अंक छ । युनाइटेडसँग पराजित भएको लेस्टर सिटीले च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्