काठमाडौं, असोज २१ –जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशका विभिन्न भागहरूमा वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने बाँकी भू–भागमा कमजोर मनसुनी वायुको प्रभाव रहेको छ।
मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेश तथा बाँकी पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराईका क्षेत्रहरूमा आंशिक बदली हुने जनाइएको छ।
यी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै मंगलबार राति कोशी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा अन्य तराई क्षेत्रका एक–दुई स्थानहरूमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्