|
२०८२ आश्विन २०
काठमाण्डौँ । नेपालीहरूको महान पर्व विजया दशमी (बडादशैं) को बिदा सकिएसँगै सरकारी कार्यालयहरूमा चलहपहल सुरु भएको छ ।
सिंहदरबारसहित देशका सरकारी कार्यालयहरुमा चहलपहल सुरु भएको हो । यस वर्ष असोज १६ गते दशैंको टीका रहेको थियो ।
त्यसपछिका पाँच दिन कोजाग्रत पूर्णिमा (आज) सम्म दशैंको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो ।
अब दशैंको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा कर्मचारीहरुको चहलपहल शुरु भएको हो । सिंहदरबारमा पनि कर्मचारीहरु आएर आफ्नो काम सुरु गरिसकेका छन् । दशैंमा सुनसान बनेको सिंहदरबारमा चहलपहल बढेको छ ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्