दुई दिनको प्राकृतिक प्रकोपमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १९

काठमाडौँ, असोज १९ गते – देशका विभिन्न स्थानमा गएको दुई दिन (असोज १८ र १९) को अबिरल वर्षापछि आएको बाढी, पहिरो, चट्याङ, सवारी दुर्घटना र खोलाले बगाउँदा कम्तीमा ४० जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएका छन्।

सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ, जहाँ इलाम जिल्लामा मात्रै २८ जनाको मृत्यु भएको पुष्टि भएको छ। यस्तै, उदयपुर, खोटाङ र पाँचथर जिल्लामा गरी ९ जनाले ज्यान गुमाएका छन् भने ५ जना अझै बेपत्ता छन्।

मधेस प्रदेश अन्तर्गत रौतहटमा ३ जनाको मृत्यु भएको छ र बारामा १ जना बेपत्ता भएका छन्।

बागमती प्रदेशमा पनि मानवीय क्षति देखिएको छ। रसुवा जिल्लामा ४ जनाकाठमाडौँमा १ जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार अहिले पनि उद्दार तथा खोजी कार्य जारी छ भने जोखिममा रहेका क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ। निरन्तर वर्षाका कारण पहिरोको जोखिम अझै कायम रहेको हुँदा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *