भागेका कैदीबन्दीमाथि प्रहरीले उच्च निगरानी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १२

काठमाडौँ — ‘जेनजी’ आन्दोलनको क्रममा देशभरिका कारागारबाट भागेका कैदीबन्दीमाथि प्रहरीले उच्च निगरानी राखेको छ। करिब ६ हजार कैदी अझै फरार रहेका छन्।

प्रवक्ता विनोद घिमिरेका अनुसार केही फरार कैदी आपराधिक मानसिकताका भएकाले गाउँमा बदला लिन सक्ने सम्भावनामा प्रहरी चनाखो भएको छ।

सुरक्षाका लागि नागरिकलाई सतर्क रहन आग्रह गर्दै प्रहरीले शंकास्पद गतिविधि देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ।

कारागार विभागले असोज २० भित्र स्वेच्छाले फर्कन फरार कैदीहरूलाई अपिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *