प्रशिक्षणबाट ‘ब्रेक’ लिने भलिबल प्रशिक्षक भट्टको घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ८

काठमाण्डौँ । नेपाली भलिबल प्रशिक्षक जगदिश भट्टले अब भलिबलको कुनै पनि प्रशिक्षण गतिविधिमा संलग्न नहुने बताएका छन् ।

विगत तीन दशक नेपाली भलिबलमा योगदान गरेका भट्टले बुधबार फेसबुकमा स्ट्याटस लेख्दै भलिबल प्रशिक्षण लगायत गतिविधिबाट ब्रेक लिएको घोषणा गरेका छन् ।

भट्टले लेखेका छन् “पेशा र राष्ट्रका खातिर पटक–पटक अवहेलना सहँदै ‘थोरै भए पनि केही गरौँ’ भन्ने सोचका साथ लागेको थिएँ। तर अब त्यो अवस्था रहेन । त्यसैले आगामी दिनमा राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमबाहेक—त्यो पनि जागिरमै रहेसम्म—मात्र संलग्न रहनेछु। अन्यथा, काम गर्न नसकिने अवस्थामा बसिरहनु भन्दा बाहिरबाटै भलिबल खेललाई सहयोग गर्ने बाटो रोज्नेछु। यसबाहेक अन्य कुनै गतिविधि ९छनोट वा सहभागीता०मा संलग्न नहुने निर्णय लिएको छु भन्ने कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु” ।

पछिल्लो पटक नेपालको पुरुष भलिबल टिममा खेलाडी छनोटको विषयमा विवाद भएपछि भट्टले यस्तो घोषणा गरेका हुन् । हाल नेपाली भलिबलको तीन फरक टिम अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि प्रशिक्षणमा व्यस्त छ । भट्टले यसअघि तीन टिमको प्रशिक्षणमा पुगेर पनि सघाउने गर्दै आएका थिए ।

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले राखेप अन्तर्गत भलिबलको मुख्य प्रशिक्षक भएकोले खेलाडी छनोटको विषयमा जगदिश भट्टले सञ्चारमाध्यममा अन्तर्वार्ता दिएको बताए । भट्टले सँधै राष्ट्रको लागि सोचेर अघि बढ्दा पनि कसैको साथ नपाउँदा अब प्रशिक्षणमा नबस्ने निर्णय गरेको बताए ।

तर नेपाल भलिबल संघले तीन जना सम्मिलित छनोट समितिको सिफारिसमा खेलाडी छनोट गरेको र त्यसबाट उत्कृष्ट टिम बनाउने लक्ष्य रहेको बताए ।

उनले तीन दशक लामो भलिबल यात्रामा आफूले पेशा राष्ट्रिय धर्म सम्झेर नेपाली भलिबलको विकासमा योगदान गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *