महाराजगन्ज प्रहरी हत्यामा संलग्न दोस्रो व्यक्ति पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ८

काठमाडौँ – जेनजी प्रदर्शनका क्रममा महाराजगन्जमा भएको प्रहरी हत्या प्रकरणमा संलग्न ओम पौडेललाई प्रहरीले धापासीबाट पक्राउ गरेको छ। उनी सिन्धुपाल्चोक घर भएका हुन्। पौडेलले असई मिलन रायलाई मुङ्ग्रोले हिर्काएर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो।

यसअघि असोज ४ मा काभ्रे घर भएका युवराज क्यापछाकी पक्राउ परेका थिए। हालसम्म प्रहरी हत्यामा संलग्न दुई जना पक्राउ परिसकेका छन्। अदालतले क्यापछाकीको लागि १० दिनको म्याद दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *