|
२०८२ आश्विन ७
सिरहा जिल्लाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार अभिषेकको शव मंगलबार बिहान घर नजिकैको आँपको बगैंचामा फेला परेको हो। मृतक अभिषेक स्थानीय संजय सिंहका छोरा हुन्।
अभिषेक आइतबार राति ८ बजेदेखि बेपत्ता थिए। परिवारले रातभर खोजी गरे पनि नभेटिएपछि प्रहरीले उजुरी दर्ता गरेको थियो। सोमबार बिहान अभिषेकको मोबाइलबाट आमालाई म्यासेज आएपछि अपहरण पुष्टि भएको थियो।
म्यासेजमा लेखिएको थियो: “छोरा हाम्रो नियन्त्रणमा छ, सुरक्षित चाहिन्छ भने पाँच करोड देऊ, होइन भने मारिदिन्छौं। प्रहरीलाई खबर नगर। असोज ९ गतेसम्म पैसा चाहिन्छ।”
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको र डग टोली परिचालन गरिएको जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्