बालकोटमा बुबा र भाइको हत्या गर्ने मिलनले गरे प्रहरीमा आत्मसमर्पण

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ९

काठमाडौँ : बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन्। मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको भन्दै आचार्यले आत्मसमर्पण गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए।

भक्तपुरको सूर्य विनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए। उनीहरूको हत्या कूलप्रसादकै जेठो छोरा मिलनले गर्न सक्ने प्रहरीले अनुमान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *