बुधबारदेखि सेयर बजार पुनः सञ्चालन हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३०

३० भदौ, काठमाडौं । जेनजी आन्दोलनपछि एक साता बन्द गरिएको सेयर बजार पर्सि बुधबार (असोज १) देखि पुनः सञ्चालन हुने भएको छ।

नेपाल स्टक एक्स्चेन्जले नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि कारोबार खुल्ने निर्णय गरेको हो।

यससँगै असोज २ गतेसम्म बन्द रहने भनिएको पुरानो सूचना पनि खारेज गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *