|
२०८२ भाद्र ३०
३० भदौ, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका तीन सदस्यले आज बिहान साढे ११ बजे शितल निवासमा शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार शपथ समारोह टेन्टमुनि आयोजना हुनेछ।
प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी छन्। अर्याललाई कानुन मन्त्रालय र घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको अतिरिक्त जिम्मेवारी समेत दिने तयारी छ।
तर मन्त्री छनोटप्रति सुदन गुरुङ समूहका केही युवाले असन्तुष्टि जनाउँदै बालुवाटारमा नाराबाजी गरेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्