मोदीको शुभकामना अन्तरिम प्रधानमन्त्री कार्कीलाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २८

काठमाडौं — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पदभार ग्रहणको शुभकामना दिएका छन्।

उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारतको प्रतिबद्धता दोहोर्याएका छन्।

भारतको विदेश मन्त्रालयले पनि कार्की नेतृत्वको अन्तरिम सरकारलाई स्वागत गर्दै शान्ति र स्थिरता प्रवर्द्धनमा सहयोगी हुने विश्वास व्यक्त गरेको छ।

भदौ २३–२४ को प्रदर्शनपछि नेपाली सेनाले सुरक्षा जिम्मा लिएको थियो। संसद विघटनसँगै अब फागुन २१ गते मध्यावधि निर्वाचन हुने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *