आज देशभर वर्षा : केही स्थानमा भारी वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३०

काठमाडौं, भदौ ३० — देशभर आज साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मनसुन सक्रिय रहेकाले देशका पहाडी र तराई भू–भागका थुप्रै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ।

आज रातिसमेत देशभर मौसम बदली रहने र मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *