जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २७

काठमाडौं – देशभर भइरहेको जेनजी आन्दोलनले उग्ररूप लिँदै गएपछि मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले हालसम्म ५१ जनाको ज्यान गएको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार मृत्यु भएका व्यक्तिहरूमध्ये काठमाडौं उपत्यकाका साथै अन्य जिल्लाबाट पनि रहेका छन्। मृतकमध्ये तीन जना सुरक्षाकर्मी (प्रहरी) र एक जना भारतीय महिला समेत परेका छन्।

सरकार र आन्दोलनकारीबीचको तनाव उत्कर्षमा पुगेका बेला ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको देखिएको छ। अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको भए पनि हिंसात्मक झडपका कारण मानवीय क्षति बढिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *