गंगा दाहालको घरमा मृत भेटिएका व्यक्ति सुनाकोठीका सुरज खत्री

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

२५ भदौ, काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ।

ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार मृतक ललितपुरको सुनाकोठी निवासी २५ वर्षीय सुरज खत्री हुन्। उनी गंगा दाहालको घरभित्र जलेको अवस्थामा फेला परेका थिए।

मंगलबार जनजीविका (जेनजी) मुद्दामा भइरहेको प्रदर्शन उग्र बन्दा गंगा दाहालको घरमा आगजनी भएको थियो। त्यही घटनापछि सुरजको शव घरभित्र फेला परेको हो। हाल शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *