|
२०८२ भाद्र २५
२५ भदौ, काठमाडौं। कालिमाटीमा जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीबाट घाइते भएका ३० वर्षीय देवकुमार सुवेदीको आज बिहान निधन भएको छ। सुवेदी सडक विभागमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए र प्रदर्शनमा सहभागी भएका बेला गोली लागेर घाइते भएका थिए।
यसअघि अर्जुन भट्ट र दीपक साउदको पनि गोली लागेर मृत्यु भइसकेको छ। सुवेदीको निधनसँगै मृतक संख्या ३ पुगेको छ।
सुवेदीको मृत्युले उनको परिवार शोकमा डुबेको छ। ८७ वर्षीय बुबा, ७२ वर्षकी आमा, श्रीमती र ८ वर्षीया छोरी विचलित भएका छन्।
कालिमाटीमा प्रदर्शन चर्किएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो, जसक्रममा प्रहरीको गोली चल्दा ३ जनाको ज्यान गएको हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्