|
२०८२ भाद्र २४
काठमाडौं । जेनजी आन्दोलनमा सोमबार १९ जना युवाको मृत्यु भएपछि नयाँ बानेश्वरमा आज बिहानैदेखि विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन्।
‘विद्यार्थी मार्न पाइँदैन’ नारासहित उनीहरू कर्फ्यूको उल्लंघन गर्दै सडकमा उत्रिएका हुन्। काठमाडौं जिल्ला प्रशासनले चक्रपथ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको छ।
धनगढीमा पनि विद्यार्थीहरूले हातमा प्लेकार्ड बोकेर सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्