प्रदेशमन्त्री चढेको गाडीको ठक्करबाट घाइते भएकी बालिका अस्पतालबाट डिस्चार्ज

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २१

काठमाडौं । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीको ठक्करबाट घाइते भएकी बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

नेकपा एमालेको विधान महाविधेशनमा सहभागी हुन आएका प्रदेशमन्त्री राना सवार गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा ११ वर्षीय बालिकालाई ठक्कर दिएको थियो ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनका लागि आएका रानाको गाडी बालिकालाई ठक्कर दिएर रोक्दै नरोकी हिंडेको थियो ।

साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाएर बालिकालाई ठक्कर दिएको भन्दै आलोचना भइरहेको छ । पछि सञ्चारमाध्यममा समाचार आएपछि एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएको थियो ।

ललितपुरका प्रहरी उपरीक्षक चक्र जोशीले बालिका ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार गराएर घर फर्किएको जानकारी दिए । ठक्करबाट ठूलो चोट नलागेको र बालिकाको अवस्था सामान्य रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *