अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपाल र बंगलादेशबिचको खेल हेर्न रंगशालामा दर्शकको ओइरो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २१

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपाल र बंगलादेशबिचको खेल हेर्न दशरथ रंगशाला त्रिपुरेश्वरमा दर्शकको ओइरो लागेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टोली दोस्रो हाफमा गोल निकाल्ने ध्यान्नमा लागेका छन् ।

खेलको १०औं मिनेटमा बंगलादेशले गोल गरे पनि रेफ्रीले अफसाइड दिएका थिए । नेपालका लागि खेलको ३०औं मिनेटमा अनन्त तामाङले हानेको फ्रि किक बल डिबस्कभित्र अन्जन विष्टले हेड गरे पनि गोलमा परिणत हुन सकेन ।

खेलको ६०औं मिनेटतिर नेपालले बंगलादेशको गोलपोस्ट नजिकै निकै दबाब दिए पनि ती अवसरहरू पोस्टसम्म पुग्न सकेनन् । दोस्रो हाफको सुरुवाती समयदेखि बंगलादेशसामु नेपाल हाबी देखिएको थियो । रंगशालामा नेपाली समर्थकहरूको चर्को हुटिङ सुनिएको छ । नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ । दुई टोलीबिच दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *