२० भदौ, काठमाडौं । साविक विजेता कर्णाली यशविसले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। उपाधि रक्षा गर्ने लक्ष्यसहित प्रतियोगितामा उत्रिएको कर्णालीले आज पोखरा कभर्डहलमा भएको उद्घाटन खेलमा घरेलु टोली पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशक्त प्रदर्शन गरेको हो।
ग्रीसकी खेलाडी एभानजेलिया चान्टाभाको प्रभावशाली खेलले प्रेरित कर्णालीले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ को फराकिलो अन्तरले जित निकाल्यो।
कर्णालीको बलियो सर्भिस, कुशल डिफेन्स र संगठित आक्रमणको अगाडि पोखरा निन्जाज दबाबमा परेको देखियो। खेलको सम्पूर्ण समय कर्णालीले अग्रता कायम राख्दै सहज जित सुनिश्चित गरेको थियो।
प्रतियोगिताको दोस्रो संस्करणमा देशका शीर्ष महिला भलिबल क्लबहरूको सहभागिता रहेको छ। लिगको उद्घाटनसँगै प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्