काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
बिहीबार बिहान बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा छिटपुटदेखि हल्का वर्षा भएको छ। दिउँसो देशभर सामान्य बदली रहने अनुमान गरिएको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, मधेश प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावनासमेत रहेको उल्लेख गरिएको छ।
बिहीबार राति कोशी, मधेश लगायतका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा राति मध्यम वर्षा हुन सक्नेछ। साथै, यी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
सावधानी अपनाउन महाशाखाको आग्रह
लगातारको वर्षा र संभावित भारी वर्षालाई ध्यानमा राख्दै महाशाखाले पहिरो, बाढी र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्