काठमाडौँ । जिमी राई उत्थान समाज सोलुले आफ्नो २७ औं वार्षिक साधारण सभाको अवसरमा काठमान्डौमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
काठमान्डौ महानगरपालिकाको सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ४४ जना सहभागी भई रक्तदान गरेका थिए, जसमा ११ जना महिला र ३३ जना पुरुष थिए।
समाजसेवा र सार्वजनिक हितका विभिन्न कार्यहरू गर्दै आएको जिमी राई उत्थान समाजले हालै सोलुखुम्बु जिल्लाको सल्लेरीमा आफ्नो भवन निर्माण सम्पन्न गरि यस वर्षको असार महिनामा त्यसको विधिवत उद्घाटन गरेको थियो। उक्त भवनले संस्थाका गतिविधिहरूलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने आधार प्रदान गरेको छ।
संस्थाका अध्यक्ष, यस बहादुर राईले आगामी दिनहरूमा अझै समाजसेवा र जनकल्याणका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ूहाम्रो उद्देश्य केवल समाजको उत्थान गर्नु हो, र हरेक कार्यक्रमको आयोजनामा हाम्रो प्राथमिकता समाजको भलाई नै हो।ू सम्पूर्ण समुदायलाई स्वास्थ्य र जीवन रक्षा गर्नका लागि रक्तदानको महत्व बुझ्नका लागि सन्देश पठाइएको छ, र आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूको निरन्तरता रहने अपेक्षा गरिएको छ। संथाले आउने शनिबार २७ औ वार्षिक साधारण सभा आयोजना गरेको छ ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्