×

अपर हेवाखोला हाइड्रोपावरले चैत १६ गते वार्षिक साधारण सभा बाेलायाे

फाल्गुन २२, २०८० | दाक्सु मिडिया

काठमाडौं- अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव विना नै चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।

साथै, सर्वसाधरण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको रिक्त रहेको पदमा बाँकी अवधिको लागि सञ्चालक नियुक्ति गर्ने एजेन्ड छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: