|
२०७८ बैशाख १७
दाङ । दाङ बेलझुण्डीकाे कोरोना विशेष अस्पतालमा बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपछि अस्पताल बाहिर बरन्डा,कोलिया र भुईंमा राखेर उपचार गर्नु पर्ने अवस्था आएको छ।
कोरोनाका बिरामीको उपचारका लागि स्थापना गरिएकाे प्रदेशस्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमताभन्दा बढी बिरामी भर्ना भए पश्चात उपचारका लागि बेड अभाव हुँदा चिसो भुईंमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापनले जनाएको छ।
अस्पतालको बरान्डामा हाल ६ जना बिरामीहरूको उपचार भइरहेको छ । प्रदेशस्तरीय कोरोना अस्पताल बेलझुण्डी कोरोना बिरामीले भरिएपनि उपचारको अर्को व्यवस्था हुन सकेको छैन ।
धेरै पटक अस्पतालकाे क्षमता बढाउने निर्णय भए तापनि जनशक्तिको व्यवस्थापन अभावका कारण अहिले अस्पताल ४२ शैयामा चलिरहेको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्