प्रेन्चाइज भलिबल टिम लुम्बिनी लाभाजको ‘टिम एन्थम’ सार्वजनीक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १२

काठमाण्डौँ । फ्रेन्चाइज भलिबल टिम लुम्बिनी लाभाजले आफ्नो आधिकारिक ‘टिम एन्थम’ सार्वजनिक गरेको छ ।

पोखरामा हुने दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको तयारीमा रहेको लुम्बिनी लाभाजले टिम एन्थम सार्वजनीक गरेको हो ।

एन्थमले प्रतियोगिता अवधिभर दर्शक तथा समर्थकलाई टिमसँग भावनात्मक रूपमा जोड्ने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा लुम्बिनी लाभाजले गरेको छ ।

यसअघि नै लुम्बिनी लाभाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई अनुबन्ध गरेर आफ्नो टिमलाई बलियो बनाइसकेको छ । एन्थम सार्वजनिकसँगै टोलीले यस वर्षको लिगमा उत्कृष्ट प्रदर्शन गर्ने दृढ संकल्प व्यक्त गरेको छ ।

एन्थम लुम्बिनी लाभाजको खेलप्रतिको समर्पण, ऊर्जा र जोशलाई झल्काउने उद्देश्यका साथ तयार पारिएको क्लबले जनाएको छ । आकर्षक संगीत र प्रेरणादायी शब्दहरूले भरिएको यो गीतले खेलाडी र समर्थकहरूमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ ।

इन्फिनिटी ड्रिम्स प्रा.लि.को आयोजनामा पोखरामा हुन लागेको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *