काठमाडौँ : वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्याङ्जा पुतलीबजार नगरपालिका–१ बस्ने २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका–१५ बस्ने ५० वर्षीय योगेन्द्र घले रहेका छन् ।
पक्राउ पर्नेमध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १२ लाख रूपैयाँ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख रूपैयाँ लिई ठगी गरेको आरोप छ ।
रकम लिएपछि सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुसनलाई काठमाडौं महानगरपालिका–९ बाट र योगेन्द्रलाई काठमाडौं महानगरपालिका–१० बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्