ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ४

काभ्रे : पाँचखालमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान पाँचखाल नगरपालिका-५ स्थित केराघारीमा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए। उनका अनुसार  बा ९३ प ११७० नम्बरको मोटरसाइकल र ना ख ७२१४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका -८का मोटरसाइकल चालक रुपेश खरेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको र अस्पतालले उनलाई मृत घोषणा गरेको धाँजुको भनाई छ । ट्रक चालक र ट्रक प्रहरी नियंत्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Carter2937

    August 20, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *