भदौ अन्तिमबाट अन्तर क्याम्पस स्तरीय राष्ट्रिय भलिबल खेल हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १

काठमाण्डौँ । अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल भदौ अन्तिम साताबाट सुरु हुने भएको छ ।

आयोजक स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगिता भदौ २२ देखि २७ गतेसम्म हुने भएको छ ।

यस्तै प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँ पाउने छ । त्यस्तै उपविजेताले २ लाख रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछ । विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई छनोट गरि पुरस्कार प्रदान गरिने स्वतन्त्र विद्यार्थी युनियन आर.आर क्याम्पसका सभापति लोकेश खड्काले जानकारी दिए ।

प्रतियोगितामा देशभरिका १५ भन्दा धेरै क्याम्पसले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ । खेलमा सहभागी हुने टिमले भदौ २० गतेसम्म टिम दर्ता गर्नु पर्नेछ। प्रतियोगितामा १२ भन्दा धेरै टिम भएको खण्डमा नकआउट र बेस्ट अफ फाइभ खेलाइनेछ भने १२ भन्दा कम टिम भएको अवस्थामा बेस्ट अफ थ्री र लिग खेलाइने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *