जलविद्युतमा बेथिति, मन्त्रीहरूसमक्ष लिखुपिकेको गुहार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २२

काठमाडौ । एम भि दुगड ग्रुपद्वारा सञ्चालित हाइड्रोपावरहरूले सामाजिक उत्तरदायित्व, स्थानीय सेयर वितरण लगायतका दायित्व पालना नगरेको आरोपमा लिखुपिके गाउँपालिकाका प्रतिनिधिहरूले मन्त्रीहरूलाई ध्यानाकर्षण गराएका छन्।

गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेत, वडा नं ५ का अध्यक्ष ङिमा छिरी लामा र हाइड्रोपावर संघर्ष समितिका पदाधिकारीहरू ऊर्जा मन्त्री दीपक खड्का, रक्षा मन्त्री मानवीर राई र विद्युत विकास विभागका प्रमुख नवीन कुमार सिंहसँग भेट गर्दै परियोजनाको अनियमितता र ज्यादतीबारे जानकारी गराएका हुन्।

प्रतिनिधिमण्डलले स्थानीय बासिन्दाको अधिकार, सेयर वितरण, मुआब्जा, रोजगारी, र वातावरणीय असरका विषयमा गुनासा राख्दै तत्काल समाधानको माग गरेको थियो। ऊर्जा मन्त्री खड्काले गुनासालाई गम्भीर रूपमा लिएर छानबिन र आवश्यक कारबाही हुने आश्वासन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *