काठमाण्डौँ । सत्तारुढ दल नेकपा एमालेले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्यांकन कार्यविधि’ प्रति आफ्नो दलको असहमति रहेको जनाएको छ ।
‘स्वमूल्यांकन’ राजनीतिक दलहरूको आन्तरिक मामिला रहेको बताउँदै निर्वाचन विभाग प्रमुख निरज आचार्यले पार्टीको असहमति रहेको जनाएका हुन् ।
निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव दिने आज अन्तिम दिन हो ।
निर्वाचन आयोगले यही साउन ८ गते ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ प्रकाशन गरेर यसउपर सुझाव मागेको थियो । त्यसअगाडि नै राजनीतिक दलहरूलाई कार्यविधि पठाएर सुझाव दिन भनेको थियो ।
तर, उक्त कार्यविधिमाथि हिजो मात्रै संसद्मा प्रतिनिधित्व गर्ने नेकपा एमाले र नेपाली कांग्रेसबाहेकका दलहरूले विरोध जनाएका थिए । उनीहरूले कार्यविधिको प्रतिवाद गर्ने जनाएका छन् ।
यसैबीच एमालेले पनि आफ्नो धारणा सार्वजनिक गरेको हो ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्