|
२०८२ श्रावण १७
सोलुखुम्बु, श्रावण २ – माप्य दुधकोशी गाउँपालिकाले काठमाडौंमा बसोबास गरिरहेका आफ्ना स्थायी बासिन्दालाई लक्षित गर्दै विशेष सेवा शिविर सञ्चालन गर्ने भएको छ।

शिविर २०७९/८० मा सफलतापूर्वक सञ्चालन गरिएको कार्यक्रमको निरन्तरतास्वरूप यस वर्ष पनि पुनः आयोजना गरिन लागेको हो। यस शिविरमार्फत नागरिकहरूले गाउँमै जानु नपरी काठमाडौंमै विभिन्न सरकारी सेवा प्राप्त गर्न सक्नेछन्।
गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भट्टराईका अनुसार, “शिविरको उद्देश्य काठमाडौंलगायतका स्थानमा बसोबास गरिरहेका गाउँपालिकावासीलाई सेवा लिन सहज बनाउने हो। यसबाट सेवा लिनको लागि गाउँ जानुपर्ने झन्झट हट्नेछ।”
यस प्रकारको शिविरले ग्रामीण प्रशासनलाई अझ नागरिकमैत्री, व्यावसायिक र प्रभावकारी बनाउने विश्वास लिइएको छ। विशेषतः काठमाडौंमा रहेका नागरिकहरूका लागि यो सुविधाजनक अवसर हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्