बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १६

काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । आज पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि लामा राजीनामा दिन तयार भएका हुन् । सभापति देउवाले पनि उनलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

लामाले आजै वा भोलि हेटौँडा फर्किएर राजीनामा दिने भएका हुन् । लामाले राजीनामा दिनुअघि पत्रकार सम्मेलन गर्ने निकटस्थहरूले जानकारी दिएका छन् । बागमतीमा इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी कांग्रेसको छ । शुक्रबार (आज) आफू निकट सांसदहरूको सल्लाहमा मुख्यमन्त्री लामाले राजीनामा दिने निर्णय गरेको सांसद तीर्थ लामाले जानकारी दिए ।

उनका अनुसार सभापति देउवाले बिहीबार साँझ आफ्नै निवास बालुवाटार बोलाएर कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित लामालाई बहुमतमा सरकार चलाउन पर्ने भन्दै मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *