काभा च्याम्पियन्स लिगमा हेल्प नेपालको चम्किलो सुरुवात

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २

काठमाडौँ : नेपाली भलिबलको शान बढाउँदै नेपालको हेल्प नेपाल भलिबल क्लबले काभा च्याम्पियन्स लिगमा दमदार सुरुवात गर्दै नेपाली भलिबलको गौरव बढाएको छ। आइतबार राति घरेलु टोली धिवेही सिफान क्लबलाई ३–२ को रोमाञ्चक जित दिंदै प्रतियोगितामा पहिलो खेलमै प्रभुत्व जमायो। पहिलो सेट ३३–३१ को संघर्षपूर्ण जितपछि दोस्रो सेट २५–२० ले सहजै जितेको हेल्प नेपालले तेस्रो र चौथो सेट गुमाए पनि अन्तिम र निर्णायक पाँचौं सेटमा १५–८ को प्रभावशाली जित निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो। नेपाली खेलाडीहरूको आत्मबल, संघर्षशीलता र उत्कृष्ट टोली समन्वयले यो जित सम्भव भएको हो। अब हेल्प नेपालले सोमबार क्लब एचडीसँग खेल्नेछ, भने लिग चरणका अन्य खेलहरू १९, २१ र २२ जुलाईमा हुनेछन्। शीर्ष दुई टोलीबीच उपाधि भिडन्त २३ जुलाईमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *