यस साता सेयर बजार ४ प्रतिशत बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार २०

काठमाण्डौँ । यो साता सेयर बजार ४.१६ प्रतिशत अर्थात् १०८ अंक बढेको छ ।

साताका सबै कारोबार दिन बजार बढ्यो । पाँच कारोबार दिन लगातार बढेसँगै नेप्से परिसूचकले २७ सय अंक नाघेको छ । यो साता नेप्से २७०३ अंकमा बन्द रह्यो । गत साता २५९५ अंकमा थियो ।

पहिलो दिन आइतबार २६.५३, सोमबार ९.१९, मंगलबार २८.९१, बुधबार ३४.४२ र बिहीबार ९.१४ अंक बढेको हो ।

असार मसान्त बैंकको साँवा तथा ब्याज भुक्तानीको समय भएकाले यो समय बजार घटाउन चाहनेले ठूलै ‘हाउगुजी’ देखाउँदै आएका थिए । तर यतिबेला भने सेयर बजार बन्द हुँदा वैशाख ७ यताकै उच्च विन्दुमा छ । वैशाख ७ यता सेयर बजार २७ सयमुनि रहँदै आएको थियो ।

असार महिनामा तेस्रो सातासम्म प्रायः बजार घट्ने गरेको देखिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *