थुलुङ दूधकोशीमा पोस्टमार्टम गृह सञ्चालनमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार २

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-५ मुक्लिमा सोमवार औपचारिक रूपमा पोस्टमार्टम गृह उद्घाटन गरिएको छ। गाउँपालिकाको ११ लाख रुपैयाँको लगानीमा निर्माण भएको यो शव गृहले अब मृतकको कानुनी परीक्षण गाउँमै सम्भव बनाउनेछ।

अध्यक्ष असिम राईले “यो भवन ग्रामीण न्यायको नयाँ आधार हो,” भन्दै पोस्टमार्टम सुविधा उपलब्ध हुनु संवेदनशील शासनको प्रतीक भएको बताए।

अब थुलुङ दूधकोशी मात्र होइन, छिमेकी पालिका र खोटाङ जिल्लाका बासिन्दाले समेत सेवा पाउनेछन्। यसले अपराध अनुसन्धान, कानुनी प्रक्रिया र सामाजिक न्यायमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *