सहमतिबाटै अध्यक्ष टुङ्ग्याउने वाईसीएलको प्रयास, नेताहरू खुमलटार पुगे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ २१

काठमाण्डौँ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा सहमति नभएपछि इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, अध्यक्ष सुबोध शेर्पाली लगायतका नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

सहमतिमै नेतृत्व टुङ्ग्याउनका लागि दीपशिखा र शेर्पाली प्रचण्डसँग राय लिन खुमलटार पुगेको बताइएको छ । अध्यक्ष पदमा पुष्प ओली, केहरसिंह कुँवर, नवराज ऐर र गणेश शाहीले दाबी गरेका छन् । सहमति वा निर्वाचन प्रक्रिया जे भए पनि कुँवर, ओली, ऐर र शाहीमध्ये एकबाट आउने सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *