२४ घण्टाको अवधिमा २८ जना सङ्क्रमितको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या हाल सम्म कै दोस्रो धेरै भएको हो।

नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार “यो सङ्ख्या हालसम्मकै दोस्रो ठूलो उच्च हो। यसअघि गत कार्तिक १९ गते कोभिड-१९ का कारण ३० जनाको मृत्यु भएको थियो।”

आइतवार कोभिड-१९ का कारण २८ जनाको मृत्यु भएको थियो भने २,६१९ जना नयाँ सङ्क्रमित फेला परेका थिए।

पछिल्लो २४ घण्टाभित्र एन्टीजन र पीसीआर गरी १०,०७८ वटा परीक्षण गरिँदा ३,१२२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *