भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौँतर्फ डाईभर्ट

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २२

काठमाडौँ : काठमाडौँबाट भद्रपुर उडान भरेको बुद्ध एयरको जहाज कलसानइन ९एन-एजेएसको दायाँ इञ्जिनमामा प्राविधिक समस्या आएपछि त्यसलाई पुनः काठमाडौँतर्फ डाईभर्ट गरिएको छ।

बुद्ध एयरका अनुसार डाईभर्ट गरिएको जहाजलाई  ११ः १५  मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ। जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ।

काठमाडौंबाट १० : ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *