बैंकरलाई उद्योगमन्त्रीको प्रश्न- जनता दुब्लाउँदै जाने, बैंक मोटाउँदै जाने?

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १९

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अर्थतन्त्रमा सुस्तता आउनुमा बैंक तथा वित्तीय संस्थादेखि निजी क्षेत्रसम्म उत्तिकै जिम्मेवार भएको बताएका छन्।

बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन)को पाँचौँ साधारणसभामा बोल्दै उनले उक्त कुरा बताएका हुन्। साधारणसभामा उनले जनता दुब्लाउने र बैंक मोटाउने अवस्था भएको दाबी गरे।

‘हिजो चर्को ब्याजदर उठाएका बैंकहरूले आज त्यो पैसा कहाँ लगे?’, उनको प्रश्न छ, ‘बढ्दा पनि बैंक समस्यामा, घट्दा पनि बैंक नै समस्यामा भन्ने हुन्छ र?’

जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने अवस्था हुन नहुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *