प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो। भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए।

यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलंकाका पूर्वप्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आजै स्वदेश फर्कँदै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *