चितवनमा आगो तापेको ठाउँमा गैँडाले आक्रमण गर्दा २ महिला घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १६

चितवन : पूर्वी चितवनमा आज बिहान गैँडाले आक्रमण गर्दा दुई महिला घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार गैँडाको आक्रमणबाट खैरहनी नगरपालिका-१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन्।

आज बिहान ६:२० बजे घरमा आगो तापिरहेका बेला उनीहरूलाई गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ। घाइते दुवैलाई भरतपुर अस्पताल लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *