मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा चालकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ९

सर्लाही : नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत फरहदवास्थित चिरान मिल नजिक ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कविलासी नगरपालिका–७ का १९ वर्षका चन्दन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हरिपुर नगरपालिका–३ फरहदवास्थित चिरान मिल नजिक हरिपुरबाट मलंगवातर्फ आउँदै गरेको ज २ त ४५२ नम्बरको बालुवा लोड गरेको ट्याक्टरमा सोही दिशातर्फबाट आउँदै गरेको बीआर ०५ एक्यु ८७५९ भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *