अध्यक्ष राईद्वारा नेले-चारघरे-मुक्ली थुलुङ दुधकोशी सडक कालोपत्रे शिलान्यास

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ७

काठमाडौं।नेले-चारघरे-मुक्ली थुलुङ दुधकोशी सडक कालोपत्रे शिलान्यास गरिएको छ।

थुलुङ दुधकोशी गाउँपालिका वडा नं १ को नेलेबाट गाउँपालिकाको केन्द्र मुक्ली जोड्ने सडक कालोपत्रेको शिलान्यास गाउँपालिका अध्यक्ष असिम राईले आईतवार शिलान्यास गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले यो सडक कालोपत्रे सम्बन्धि योजना निकै दु:खकाबीच प्राप्त गरेको बताउँनुभएको थियो।आफ्नो पहिलो कार्यकालमा पहिलो पटक तत्कालीन प्रदेश आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोको पालामा यो आयोजनाका लागि बजेट छुट्टिएर ठेक्का लागि सके पनि अर्को कार्यकालमा हिक्मत कार्की मुख्यमन्त्री बनेपछि कटौती गरिएको जानकारी दिंदै अध्यक्ष राईले भन्नुभयो,- ‘ठुलो प्रयास र लामो कानुनी लडाइँबाट यो योजना प्राप्त भएको हो।दोश्रो कार्यकाल आफू नदोहोरिएको भए यो योजना आउन सम्भव थिएन।’

नेपालमा भौतिक पूर्बाधार निर्माण र बिकास निर्माणका काम आवश्यकताका आधारमा बाँडफाँड नभई डाडु पुँन्यु जस्को हातमा छ,उसकै तजबिजीमा निर्धारण हुने दुर्भाग्यपूर्ण अवस्था रहेको वहाँको भनाई थियो।

यस्तो परिष्थितिमा पनि ठुलठुला आयोजनाहरु ल्याएर थुलुङदुधकोशीमा बिकासका हिसाबले देशकै नमूना गाउँपालिका बन्न सफल भएको दावी पनि वहाँले गर्नुभयो।

गाउँपालिका प्रबक्ता भोजराज कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सबिता राई,वडा नं १ का वडाध्यक्ष घनराज सुनुवारले सक्रिय र समन्वय गर्न सक्ने क्षमता भएको अध्यक्ष पाएकाले थुलुङदुधकोशी बिकासका दृष्टिले मुलुकभरका ७५३ स्थानीय तहमध्ये उदाहरणीय बन्न सफल भएको धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्माण ब्यबसायी बेदराज थापाले आफ्नै गाउँपालिकामा काम गर्न पाउँदा आफू गौरवान्वित भएको बताउंदै गुणस्तरीय ढंगले निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

भ्याट सहित ४१ करोड १८ लाख!४८ हजार ४ सय ३६ रुपैयाँको लागतमा २०८४ मंसिरमा सम्पन्न गर्नेगरी आयोजना निर्माणको जिम्मेवारी पुष्पाञ्जली कन्स्ट्रक्सन प्रा.लि.ले लिएको कार्यक्रममा जानकारी गराइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *