जनकपुर बोल्ट्सले एनपिएल जितेको खुसीमा मधेसका युवाले बाँडे साधुसन्तलाई भण्डारा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ७

काठमाडौँ : जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन्।

शनिबार भएको एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो। एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरिएको हो।

जनकपुर बोल्ट्सले एनपिएलको पहिलो उपाधी जितेको खुशीमा साधुसन्तहरुलाई खाना खुवाएको श्री महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताए। उनले शनिवार फाइनलअघि जनकपुरको जितको लागि पूजा आराधना गरेको बताए।

कमिटीले जनकपुर बोल्ट्सको जितका लागि विशेष पूजापाठ र हवन गरेको र आज साधुसन्तहरुलाई भण्डारा खुवाएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *