×

एनपीएलमा जनकपुर बोल्टका समर्थकलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

पुस ८, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलपछि जनकपुर बोल्टका समर्थकलाई अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोटी स्थायी घर भएका हाल कीर्तिपुर पाँगा बस्ने वर्ष २१ को अशोक साउद र डोटी स्थायी घर भएका हाल कीर्तिपुर भाजङगल बस्ने बर्ष १९ को गणेश साउद रहेका छन्।

शनिबार त्रि.वि. क्रिकेट ग्राउण्डमा जनकपुर बोल्टस र सुदुरपश्‍चिम रोयल बीचको फाइनल खेल भएको थियो। फाइनल खेल जनकपुर बोल्टसले जितेको थियो। खेलपछि ग्राउण्डबाहिर जनकपुर बोल्टसका समर्थकलाई अपमान जनक शब्द प्रयोग गर्दै अभद्र व्यवहार गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: