माओवादी केन्द्र नेचासल्यानले पुस मसान्त भित्रमा पालिका सम्मेलन गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर १५

सोलुखुम्बुः नेकपा (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिका कमिटीले पुस मसान्त भित्रमा पालिका सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । शनिबार शहिद कुशुम प्रतिष्ठानको सभाहल नेचामा सम्पन्न प्रशिक्षण सहितको बैठकले उक्त निर्णय गरेको माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रशार समितिका संयोजक भोजराज कार्कीले जानकारी दिनुभयो ।

     उहाँका अनुसार गाउँपालिका कमिटीका अध्यक्ष सिताराम भट्टराईको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज हेमकुमार राई (शुरवीर)को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले मंसिर मसान्त भित्र पार्टी सदस्यता नविकरण तथा वितरण सक्ने निर्णय गरेको छ । पुस १५ गते भित्र पाँच वटै वडाको सम्मेलन सक्ने निर्णय गर्दै तीनै तहको सरकारबाट प्राप्त बजेट र कार्यान्वयनका लागि खबरदारी गर्न बियस राईको संयोजकत्वमा सात सदस्यीय एक समिति समेत गठन गरिएको संयोजक कार्कीले जानकारी दिनुभयो ।

     बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई (शुरवीर), केन्द्रीय सदस्य गोम्बु शर्पा (कर्ज्याङ), प्रदेश समितिका सह-सचिव सागर किराँती, प्रदेश समितिका सचिवालय सदस्य तथा सोलुखुम्बुका सह-इन्चार्ज असिम राई, प्रदेश सदस्य महेश राई, जिल्ला संयोजक नाम्गेल शेर्पा, जिल्ला नेता भुपेन्द्र कटेल लगायतले प्रशिक्षणात्मक भनाइ राख्नुभएको थियो । अधिकांश बक्ताले माओवादीबाट निर्वाचित जनप्रतिनिधि र अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कार्यशैली प्रति नागरिक जानकार रहेको भन्दै देशमा माओवादी पार्टीको बिकल्प नरहेको दावी गरेका छन् ।

     माओवादीको एजेण्डामा राज्य सञ्चालन भएपनि फरक दलले सरकारको नेतृत्व गर्दा नीति अनुरुप नागरिकले सोचेको जस्तो काम नभएको प्रष्ट रहेको रहेकाले अब माओवादीलाई कुनैपनि हालतमा सहयोग गर्नुको विकल्प नभएको उनीहरुको भनाइ छ ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *