विजय घोषणा गर्दै ट्रम्पले भने : देशलाई निको पार्न सहयोग गर्छु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक २१

काठमाडौं : जितको नजिक पुगेका डोनाल्ड ट्रम्पले फ्लोरिडाको पाम बिचमा भेला भएका समर्थकलाई सम्बोधन गरेका छन्। परिवारका सदस्य र उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्ससहित मञ्चमा आएका उनले आफूलाई चुनेकोमा मतदातालाई धन्यवाद दिए।

उनको जितको घोषणा भइसकेको छैन। यद्यपि, सम्बोधनलाई उनले विजय भाषणका रुपमा उपयोग गरेका छन्।

‘तपाईंहरुको ४७ औँ र ४५ औँ राष्ट्रपति चुनिने असाधारण मौका दिनुभएकोमा म अमेरिकी जनतालाई धन्यवाद दिन्छु,’ उनले भने, ‘हामी हाम्रो देशलाई निको पार्न सघाउने छौँ।’

आफूले निकै ठूलो राजनीतिक जित प्राप्त गरेको बताउँदै ट्रम्पले अबको युग अमेरिकाको सुनौलो युग हुने दाबी पनि गरे। उनले पत्नी मेलानिया र छोराछोरीलाई पनि धन्यवाद दिँदै भने, ‘उनले राम्रो काम गरिन्। मानिसलाई सघाउन निकै मेहनत गर्छिन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *