त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १

काठमाडौं – घरेलु मैदानमा शनिबारदेखि हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्य टोलीको घोषणा गरेको हो ।
नेपालले वैशाख ४ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्ससँग टी–ट्वान्टी सिरिज खेल्दै छ । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंअ ऐरी (उप–कप्तान), पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहोरा, आरिफ सेख, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरी र सुशन भारी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *