इजरायलले सैन्य दबाब कायम राखे बाँकी बन्धकको हत्या गर्ने हमासको चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र १८

काठमाडौँ : हमासले इजयरालले सैन्य दबाब जारी राखे बाँकी रहेका बन्धकहरूको हत्या गर्ने चेतावनी दिएको छ। इजरायलसँगको युद्ध रोक्ने विषयमा बारम्बार भएको वार्तामा कुनै सहमति हुन नसके पछि हमासले बाँकी रहेका बन्धकहरू ‘कफिनभित्र’ फर्काइने चेतावनी दिएको हो।

पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउँदै आएको छ। इता, प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकहरूको हत्या गरेको दावी गर्दै आएका छन्।

यही स्थिती कायम रहेमा बन्दकहरू कफिनभित्रै फर्किने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्तिमार्फत बताएका छन्। यसअघि छ जना बन्धकहरूलाई ‘मृत्युदण्ड’ दिएपछि सेना बन्दकहरू राखेको स्थानमा पुगेमा उनीहरूसँग गर्ने व्यवहारका सम्बन्धमा कैदीहरूको रक्षा गर्न तोकिएका सुरक्षाकर्मीलाई नयाँ निर्देशन जारी गरिएको छ।

यसैबीच, प्रधानमन्त्री नेतन्याहूले बन्धकहरूलाई फिर्ता ल्याउन नसकेको भन्दै देशबासीसाग माफी मागेका छन्। हमाससँगको युद्धविरामका लागि अहिले चौतर्फी नेतन्याहूमाथि दबाब बढ्न थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *