कश्मीरमा भिडन्त हुँदा पाँच भारतीय सुरक्षाकर्मी मारिए

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १

काठमाडौँ : भारतको उत्तरी क्षेत्रको जम्मु–कश्मीरको डोडा जिल्लामा विद्रोही समूहको आक्रमणमा परी पाँच जना सुरक्षाकर्मी मारिएका छन्। जसमा सैन्य अधिकृतसहित चार जना सैनिक र एक प्रहरी जवान रहेको बताइएको छ।

घटनाको जिम्मा कश्मीर टाइगर नामक विद्रोही समूहले लिएको छ। कश्मीर टाइगरलाई पाकिस्तानमा प्रतिबन्धित जैश–ए मोहम्मदको छाँया संगठन मानिन्छ। जसले भारत र पाकिस्तानको उत्तरी सीमा क्षेत्रमा सशस्त्र संघर्ष गर्दै आएको छ।

भारतीय सञ्चारमाध्यमका अनु सोमबार राति डोडा सहरभन्दा करिब ५५ किलोमिटर टाढाको जङ्गलमा सेनाको राष्ट्रिय राई फल्स र जम्मु–कश्मीर प्रहरीले संयुक्त सर्च अपरेसन चलाइरहेका बेला विद्रोही समूहसँग दोहोरो भिडन्त भएको थियो। जसमा मृतक सैनिक प्रहरी कर्मचारी घाइते भएका थिए। मंगलबार बिहान पाँच जनाले ज्यान गुमाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *